२२ लाख भ्रष्टाचार गरेको आरोपमा तुङ्गा सामुदायिक वनका अध्यक्षलाई मोसो
डडेल्धुरामा भ्रष्टाचारको आरोपमा सामुदायिक वनका अध्यक्षलाई मोसो दिलिएको छ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले बनका अध्यक्षलाई मोसो दलेका हुन् ।
जिल्लाको आलिताल गाउँपालिका–३ मा रहेको तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई बिहीबार राति नेकपा बहुमत डडेल्धुराले मोसो दलेको हो ।
सामुदायिक वनको खातामा रहेको २२ लाख रुपैयाँ किर्ते कागज गरी छलेको आरोपमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मडैलाई सांकेतिक कारबाही गरिएको सो पार्टीले जनाएको छ ।
२४ असार २०७९, शुक्रवार १२:२७ बजे प्रकाशित













