सुदूरपश्चिम : सदनमा बजेटमाथिको छलफल अनिश्चित

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि प्रदेश सभामा छलफल सुरु हुन सकेको छैन । असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ तर बजेट ल्याएको तीन साता बित्दा पनि छलफल सुरु हुन सकेको छैन । बजेटलाई लिएर सत्तापक्षीय दलभित्रै चर्को असन्तुष्टि देखिएपछि संसद बैठकनै बसेको छैन ।

कार्य व्यवस्था परामर्श समितिका बैठकमा सत्ता पक्षकै सांसदले बजेट संशोधन हुनुपर्ने अडान राख्दै आएका छन् । सत्तापक्षकै सांसदको अडानले बजेटमाथिको छलफलका लागि बोलाइएका संसदका तीन वटा बैठक स्थगित भएका छन् ।

गत असार १६ गते बोलाइएको पछिल्लो बैठक पनि स्थगित भएपछि संसद सचिवालयले संसद बैठक अनिश्चितका लागि स्थगित गरिएको सूचना जारी गरेको छ । बजेटमाथिको छलफलका लागि संसद सचिवालयले असार ८, १२ र १६ गते संसद बैठक बोलाएको थियो ।

असार मसान्तभित्र संसदबाट बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था भए पनि संसद बैठकसँगै बजेटमाथिको छलफल पनि अनिश्चित बनेको छ ।


२४ असार २०७९, शुक्रवार ११:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु