punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीका सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिँदै

Chaupati
safha napa

बैतडीका सबै स्थानीय तहमा हेलिप्याड निर्माण थालिएको छ। विपद्को समयमा सहजै हेलिकप्टर अवतरण गराउन तथा हेलिकप्टबाट उद्धारका लागि सबै स्थानीय तहमा हेलिप्याड बनाउन थालिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

मनसुनको प्रभाव बढ्दै गइरहेकोले बाढी, पहिरो, चट्याङ र अन्य विपदका वेला आपतकालीन रुपमा हेलिकप्टर अवतरण गराउन सहज होस् भनेर सबै स्थानीय तहमा हेलिप्याड निर्माण थालिएको हो। केही दिनअघि जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको अध्यक्षतामा बसेको बैठकले जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् प्रतिकार्य योजना पारित गर्दै सबै स्थानीय तहमा हेलिप्याड पनि निर्माण गर्ने निर्णय गरेको थियो।

विपद व्यवस्थापन तथा न्यूनीकरण गर्न हेलिप्याड निर्माण गरिएकोे शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए। ‘आपतकालीन उद्धार गर्न सहज होस् भनेर हेलिप्याड निर्माण गरेका हौं‚‘ उनले भने, ‘विपद् बाजा बजाएर नआउने भएकोले हामीले क्षति न्यूनीकरणका लागि सुल्लेखान र शर्मालीमा गरेर दुई स्थानमा हेलिप्याड निर्माण गरेको छौं।’

जिल्लाका अन्य स्थानीय तहले पनि हेलिप्याड निर्माणको तयारी थालेको जनाएका छन्। यसका साथै विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि सबै स्थानीय तहहरु तयारी अवस्थामा रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

विपदबाट घरबारविहीन हुन सक्ने परिवारको उद्धार तथा व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहले आश्रयस्थल व्यवस्थापन गर्ने र त्यसको विवरण जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रलाई उपलब्ध गराउन भनिएको छ। जिल्लामा सम्भावित विपदबाट प्रभावित हुनसक्ने परिवार र घरधुरीलाई मद्देनजर गरेर आ–आफ्ना तहमा रहेका अस्थायी आश्रयस्थल पहिचान गरी जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रमा पठाउन पनि भनिएको छ।

स्थानीय तहमा रहेका विद्यालय, सार्वजनिक जग्गा, सामुदायिक भवन आदिलाई आश्रयस्थलको रुपमा प्रयोग गर्न सकिने भएकाले त्यस्ता क्षेत्रको पहिचान गरिराख्न पनि भनिएको छ।

 


२३ असार २०७९, बिहीवार २२:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु