आज पनि माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक आज बिहान ११ बजेबाट सुरू हुँदैछ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रतिबेदनमा छलफलको क्रममा उठेको प्रश्न र सुझावको आज प्रचण्डले जवाफ दिने पार्टीले जनाएको छ ।

हिजोको बैठकमा छलफलका लागि ९ वटा एजेण्डा रहेको थियो। बैठक प्रदेशगत रिपोर्टिङको कार्यसूचीमा प्रवेश गरेको छ । पहिलो दिन वागमती र उपत्यका विशेष कमिटीले सांगठानिक तथा समसामयिक विषयमा रिपोर्टिङ गरेका थिए ।

यसपटक पनि पदाधिकारी चयनको विषय ओझेलमा पर्ने सम्भावना बढेको भन्दै पदाधिकारी टुंग्याएर जानुपर्ने बैठकमा आवाज उठेको छ ।


२१ असार २०७९, मंगलवार ०७:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु