आजको मौसम: सुदूरपश्चिम, कर्णाली र गण्डकीमा भारी वर्षा
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र गण्डकी प्रदेशका केही स्थानहरूमा भने भारी वर्षाको सम्भावना छ । आज देशभर बदली हुनुका साथसाथै धेरै स्थानहरूमा पानी पर्न सक्ने छ ।
त्यस्तै आज राति प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका केही भूभागमा पानी पर्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ । सुदूरपश्चिम र कर्णालीका केही भूभागमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली भइरहेको छ । त्यस्तै गण्डकी र लुम्बिनीका साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा मेघ गर्जन र चट्टयाङसहित पानी परिरहेको महाशाखाले जनाएको छ ।
वर्षाका कारण आगामी २४ घण्टामा पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ ।
२१ असार २०७९, मंगलवार ०७:२० बजे प्रकाशित












