पाठ्यपुस्तक अभाव गराएको भन्दै जनक शिक्षाका प्रमुखमाथि दुर्व्यवहार
जनक शिक्षा सामाग्री केन्द्रका प्रमुख अनिलकुमार झालाई दुर्व्यवहार भएको छ । आज दिउँसो उनलाई चार जनाको समूहमा आएका युवाहरूले कालोमोसो लगाएको बुझिएको छ ।
सामाग्री केन्द्रका एक कर्मचारीका अनुसार चार जनाको समूहमा आएका युवाहरूबाट त्यस्तो काम भएको हो । उनीहरूले दुर्व्यवहार गरेर भक्तपुर सानोठिमीस्थित कार्यालय परिसरबाट भागिसकेको स्रोतले बतायो ।
जनक शिक्षा सामाग्री केन्द्रबाट पाठ्यपुस्तकको आपूर्तिमा चरम अभाव सिर्जना गरेको भन्दै अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताबाट सो दुर्व्यवहार भएको चर्चा छ । यद्यपि उसले भने अहिलेसम्म घटनाको जिम्मेवारी लिएको छैन ।
१७ असार २०७९, शुक्रवार १५:२५ बजे प्रकाशित













