सर्लाहीमा ८ महिने शिशुको मृत्यु, आमा बेहोस फेला

सर्लाहीमा ८ महिने शिशु मृत अवस्थामा फेला परेकी छिन् । उनकी आमा भने बेहोस अवस्थामा भेटिएको प्रहरीको जनाएको छ ।

लालबन्दी नगरपालिका वडा नम्बर १७ स्थित राधाकृष्ण मन्दिरको पेटीमा ईश्वरपुर नगरपालिका ५ नरेशपुर बस्ने अन्दाजी २० वर्षीया रमिताकुमारी महतो र उनकी ८ महिनाकी छोरी अचेत अवस्थामा परेका थिए ।

प्रहरीले दुबैको उद्धार गरी प्राथमिक अस्पताल लालबन्दी लगे पनि चिकित्सकले बच्चाको मृत्यु भइसकेको बताएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले बताए । ‘बच्चाको पहिला नै मृत्यु भइसकेको रहेछ, आमा अझै बेहोस् छिन्’, यादवले भने, ‘उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलगंवा पु¥याइएको छ ।’

महिलाको श्रीमानको मृत्यु भइसकेको जानकारी आएको छ । डीएसपी यादवका अनुसार घट्नास्थलमा बिषादीको बट्टा फेला परेको छ ।


१७ असार २०७९, शुक्रवार ११:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु