punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्ड र राजेश हमालबीच भेटवार्ता

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ। शुक्रबार बिहान भएको भेटमा दाहाल र हमालबीच राष्ट्रिय राजनीतिबारे कुरा भएको संगीतकार चेतना सापकोटाले बताए। प्रचण्ड भेट्न नायक हमाल उनकै निवास खुमलटार पुगेका थिए। भेटवार्तामा हमालले प्रचण्डको खुलेर प्रशंसा गरेका छन्।

कलाकारहरुको राजनीतिमा प्रवेशलाई जोडेर अध्यक्ष प्रचण्डले अभिनेता हमाललाई आफू राजनीतिमा आउने सम्भावनाबारे प्रश्न गरेका थिए। जवाफमा हमालले राष्ट्रिय राजनीतिबाट कोही पर रहन नसक्ने भन्दै सम्भावना रहेको बताएका थिए।

हमालसँगको भेटका क्रममा प्रचण्डले पनि नेपाली फिल्म उद्योगप्रति चिन्ता व्यक्त गरे। उनले नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन राज्यले पनि भूमिका खेल्नुपर्ने बताए। हमालले भने मुलुकमा सबैभन्दा पहिला राजनीतिक स्थिरता हुनुपर्ने, त्यसपछि मात्रै अन्य कुरा बिस्तारै राम्रो हुँदै जाने बताए।

कलाकारले खुलेर राजनीतिमा आउने परिपाटीको विकास प्रचण्डको पालाबाट भएको बताउँदै हमालले भने, ‘तपाईंकै पालाबाट कलाकारले राजनीतिमा खुलेर आउने साहस गरेका छन्। तपाईंले कलाकारलाई गर्ने व्यवहार राम्रो लाग्छ।’

दाहाल–हमाल भेटको अवसर चेतन सापकोटाले नै जुराएका हुन्। भेटमा राष्ट्रिय राजनीतिको भन्दा धेरै अन्तराष्ट्रिय राजनीतिको कुरा भएको चेतनले बताए। हमाल र दाहालको भेटपछि हमाल माओवादी केन्द्रमा प्रवेश गर्न लागेको चर्चा सुरु भएको छ। उनीहरुको भेट गराएका सापकोटाले भने यस विषयमा आफूलाई थाहा नभएको बताए।


१७ असार २०७९, शुक्रवार १०:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु