नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापा पदमुक्त, अध्यक्षमा जोशी
नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई बर्खास्त गरिएको छ । प्रदेश कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै अध्यक्षबाट हटाउने निर्णय भएको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए ।
सोही सिफारिसका आधारमा प्रदेश कमिटिले थापालाई पदमुक्त गरेको हो । उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्ष तोकिएको र साउन १५ भित्र जिल्ला प्रतिनिधि परिषद्को बैठकले अध्यक्ष चयन गर्ने निर्णय भएको उनले जानकारी दिए ।
जिल्ला कमिटी सचिवालय बैठकले चुनावमा अन्तर्घात गरेको ठहरसहित अध्यक्ष थापालाई अनुशासनको कारबाहीको सिफारिस गरेको थियो ।
१४ असार २०७९, मंगलवार १४:२३ बजे प्रकाशित












