आजदेखि बुद्ध एयरले सुरु ग¥यो धनगढीबाट पहिलो उडान
बुद्ध एयरले आजदेखि कैलालीको धनगढीबाट पहिलो उडान सुरु गरेको छ । यसअघि काठमाडौँबाट जहाज आएपछि मात्र यहाँबाट यात्रुहरू काठमाडौँ उड्न पाउँथे । आजदेखि भने धनगढीबाटै उडान सुरु भएको हो ।
बुद्ध एयरले आजदेखि पहिलो उडान धनगढी– काठमाडौँ सुरु गरेको हो । आज पहिलो उडान भर्न सोमबार बुद्ध एयरको जहाज धनगढी आइपुगेको थियो । बुद्ध एयरको जहाजले अव हरेक दिन बिहान ६ः१५ बजे धनगढीबाट उडान भर्नेछ ।
७२ सिट क्षमता भएको जहाजमा आज ६४ जनाले यात्रा गरेको बुद्ध एयर धनगढीका इन्चार्ज बुधराम माझीले बताए ।
पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको निर्देशनपछि बुद्ध एयर लगायतका हवाई कम्पनीले काठमाडौँ भन्दा बाहिरका विमानस्थलबाट आजदेखि हवाई सेवा सुरु गरेका हुन् ।
१४ असार २०७९, मंगलवार १३:४८ बजे प्रकाशित












