कैलालीको कान्द्रा नदीमा हाम फालेकी महिलाको शव फेला
कैलालीको कान्द्रा नदीमा हाम फालेकी महिलाको शव फेला परेको छ । जिल्लाको भजनी नगरपालिका–५ लालबोझीकी ४० वर्षीया रीमा डगौराको शव टीकापुर नगरपालिका–७ स्थित मोहना नदीमा आज फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कान्द्रा नदीमा बाढी आएको बेला आइतबार साँझ उनले नदीमा हाम फालेकी थिइन् ।
खोज तलास गर्ने क्रममा २ दिनपछि आज शव फेला परेको प्रहरी कार्यलय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको र घट्नाबारे थप अनुसन्धान भइरहेको डिएपी जोशीले बताए ।
१४ असार २०७९, मंगलवार १४:५४ बजे प्रकाशित












