‘विप्लव’ नेतृत्वको पार्टीको विद्यार्थी संगठनको महासचिवमा विक
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को महासचिवमा ललित विक चयन भएका छन् ।
संगठनको चौथो पूर्ण बैठकले विकलाई महासचिवको जिम्मेवारी दिएको हो । त्यसै सचिवमा प्रकाश जप्रेल र कोषाध्यक्षमा प्रतिमा चौधरीलाई जिम्मेवारी दिइएको छ ।
महासचिव चयनलगत्तै विकले आफ्नो संगठनले शिक्षा र स्वास्थ्यमा गरिएको चरम व्यापारीकरण र माफियाकरणविरुद्ध संघर्ष केन्द्रित गरेर जाने प्रतिक्रिया दिए ।
बैठकले समान शिक्षाको लागि दबाबमूलक र अन्य संघर्षका कार्यक्रम सञ्चालन गर्ने निणर्यसमेत गरेको छ ।
१४ असार २०७९, मंगलवार १३:२६ बजे प्रकाशित












