धनगढीमा पेट्रोलियम पदार्थको मूल्य वृद्विको विरोधमा राँके जुलुस

धनगढीमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसम्बद्व अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल धनगढी उपमहानगरपालिका कमिटिले संयुक्त रूपमा राँके जुलुससहित विरोध प्रदर्शन गरेका हुन् ।

धनगढी बजारमा रहेको महालक्ष्मी विकास बैँक नजिकैबाट मुख्यमन्त्री कार्यालयसम्म राँके जुलुससहित विरोध प्रदर्शन गरेका उनीहरूले मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्व नाराबाजी समेत गरेका छन् ।

मुख्यमन्त्री कार्यालय अगाडि आयोजना गरिएको विरोध सभालाई सम्बोधन गर्दै अनेरास्ववियुका नगर अध्यक्ष नितिस जोशीले देउवा सरकारले अचाक्ली रूपमा बृद्वि गरेको पेट्रोलियम पर्दाथको मूल्य तत्काल फिर्ता लिन माग गरे भने फिर्ता नलिएसम्म संघर्षका कार्यक्रम जारी राख्ने बताए ।


६ असार २०७९, सोमवार २१:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु