राससको अध्यक्षमा झा
राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले झालाई अध्यक्ष बनाउने निर्णय गरेको एक मन्त्रीले बताए।
नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन्।
६ असार २०७९, सोमवार २१:३६ बजे प्रकाशित












