महेन्द्रनगर बजारमा भीषण आगलागी
कञ्चनपुरको महेन्द्रनगर बजारमा भीषण आगलागी भएको छ । भीमदत्त नगरपालिका स्थित महेन्द्रनगर बजारको गल्ली नं. ४ मा आगलागी भएको हो ।
कालोपत्रको लागी सडकमा राखेको खोटोको ट्रकमा आगलागी भई घरसम्म आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
अहिले भीमदत्त नगरपालिका र वेदकोट नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले बताए।
६ असार २०७९, सोमवार २१:५७ बजे प्रकाशित












