bhatbhathni

सुनको मूल्य उकालो लाग्दा चाँदी मूल्य स्थिर

आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो आइतबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।

हिजो आइतबार प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।


६ असार २०७९, सोमवार ११:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु