bhatbhathni

एसपीपीबारे राष्ट्रिय धारणा बनाउन गठबन्धन तयार, प्रधानमन्त्रीले सर्वदलीय बैठक डाक्ने

सत्ता गठबन्धन अमेरिकी सैन्य सहकार्यसँग जोडिएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को विषयमा राष्ट्रिय धारणा बनाउने तयार भएको छ । राष्ट्रिय धारणा बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच भएको बैठक एसपीपीबारे दुईवटा विषयमा बढ्ता केन्द्रीत भएको थियो । बैठकमा एसपीपीबारे नागरिकलाई सत्यतथ्य बताउने र साझा धारणाका लागि सर्वदलीय बैठक राख्ने विषयमा केन्द्रीत रहेर छलफल भएको थियो ।

गठबन्धनको बैठकमा एसपीपी राष्ट्रियहित विपरीत भएको पनि निष्कर्ष निकालेको थियो । बैठक स्रोतका अनुसार प्रधानमन्त्री देउवाले राष्ट्रिय हितविपरीतका सम्झौता अगाडि बढाउने काम आफूबाट नहुने बताएका थिए । र उनले नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्वको सम्झौतामा हस्ताक्षर नगर्ने पनि बताएका थिए ।

शनिबार कांग्रेसबाहेक गठबन्धनका अन्य दलले एसपीपी अस्वीकारबारे अमेरिकालाई पत्राचार गर्न र श्वेतपत्र जारी गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

सत्ता गठबन्धनका दलहरूबीच सहमति नभएकै कारण आइतबार सम्पादकहरूसँगको छलफलमा एकीकृत समाजवादीका नेता माधव नेपालले सत्ता गठबन्धनमा एसपीपीबारे छलफल नभएको बताएका थिए ।


६ असार २०७९, सोमवार ११:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु