Alok

तिनाउ नदीमा बग्दै गरेकाे शव भेटिएको

बुटवलको तिनाउ नदीमा बाढीले बगाएर ल्याएको शव फेला परेको छ । नदीको भङ्गालोमा एक जनाको शव देखिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगे पनि तिनाउको बहावका कारण शव निकाल्न नसकिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । प्रहरीले डोरीको सहायताले शव निकाल्ने प्रयास गरिरहेको उनले बताए ।


६ असार २०७९, सोमवार ११:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु