अमेरिकाद्वारा नेपाललाई २२ लाख कोरोना खोप प्रदान
अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न २२ लाख मात्रा कोरोना खोप प्रदान गर्ने भएको छ । यी सबै खोप बालबालिकाको प्रयोगको लागि भएको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
‘५ देखि ११ वर्ष सम्मका बालबालिका लक्षित यी अत्यन्त प्रभावकारी, जीवन रक्षक खोप अमेरिकी जनताको उदारतामार्फत प्रदान गरिएका हुन् र यी खोप हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल–मात्रा खोपको १५ लाख मात्रामा थपिने छन्,’ अमेरिकी दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
५ असार २०७९, आइतवार १३:५१ बजे प्रकाशित












