bhatbhathni

तोलामा ३ सय रुपैयाँले घट्यो सुनको भाउ

नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँ रहेकोमा आज घटेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

 


५ असार २०७९, आइतवार १३:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु