उपाध्यक्षका देवरको निधनमा गाउँपालिकाले दियो बिदा
रुपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्षका नातेदारको निधनमा पनि बिदा दिएको छ।गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको निधन भएकाले बिदा दिइएको सुचना सार्वजनिक भएको हो।
गाउँपालिकाद्वारा जारी सूचनामा देवरको नाम भने खुलाइएको छैन। गाउँपालिका अध्यक्ष गयाप्रसाद बरइद्वारा जारी सूचनामा गाउँपालिका कार्यालयदेखि विद्यालय र संघ संस्थासम्मलाई बिदा दिइएको छ।
‘यस कार्यालय लगायत सम्पूर्ण वडा कार्यालयहरु, सामुदायिक तथा निजी विद्यालय तथा अन्य संघसंस्थासमेत बन्द रहने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।
‘चट्टै छोडेर गयो भने मान्छेहरुले सोधिहाल्छन् किन अफिस बन्द भयो किन मान्छे छैनन् भनेर। सूचना भइदियो भने राम्रो हुन्छ भनेर बिदा दिएका हौँ’, उनले भने।
५ असार २०७९, आइतवार १४:४९ बजे प्रकाशित












