कैलाली उद्योग वाणिज्य सङ्घको निर्वाचन आज
कैलाली उद्योग वाणिज्य सङ्घको निर्वाचन शनिवार हुँदैछ। आज बिहान ९ बजे देखी साँझ ६ बजे सम्म हुने निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा छन् ।
वर्तमान अध्यक्ष पुष्पराज कुँवरको नेतृत्व र व्यवसायी सुरेन्द्र राठीको नेतृत्वमा २ छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा छन् । दुवै प्यानल आफ्नो जित सुनिश्चित हुने बताइरहेका छन् ।स्वतन्त्र रूपमा सचिव पदमा जयराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
कैलाली उद्योग वाणिज्य सङ्घको प्राङ्गणमा हुने निर्वाचनमा मतदान गर्न उद्योग वाणिज्य सङ्घको परिचयपत्रका साथै नेपाल सरकारको कुनै परिचय पत्र पनि साथमा बोकेर आउन व्यवसायीमा अनुरोध गरिएको छ ।
२८ जेठ २०७९, शनिवार ०८:१० बजे प्रकाशित













