दार्चुलामा एकल महिलाको हत्या आरोपमा एकजना पक्राउ

दार्चुलाकी ४० वर्षीया एकल महिला अनीभा खडायतको हत्या आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ। बुधबार शैल्यशिखर नगरपालिका–१ बारिलमा आगो लगाएर हत्या घटनामा संलग्न भएको आरोपमा स्थानीय भोजबहादुर खडायतलाई प्रहरीले पक्राउ गरेको हो ।

यसअघि बुधबार नै स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट खडायतको आगो लगाएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।


२७ जेठ २०७९, शुक्रवार १७:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु