बेलौरी नगरपालिकामा आज बिदा

कञ्चनपुरको बेलौरी नगरपालिकामा आज बिदा दिइएको छ। नगरपालिकामा कार्यरत खरिदार नारायण रानाको बिहीबार निधन भएपछि शुक्रबार शोक बिदा दिइएको हो।

नगरपालिकाले एक सूचना जारी गर्दै नगर कार्यपालिकाको कार्यालय तथा मातहतका कार्यालयहरुमा शोक बिदा दिइएको जनाइएको हो।


२७ जेठ २०७९, शुक्रवार ११:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु