जाजरकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४९ नम्वरको बोलेरो जीप आज बिहान साढे ७ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले दुर्घटनामा जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, वडा नं. ५ का ४० वर्षीया पुतला गिरी र कालिका शाहीको मृत्यु भएको जानकारी दिए ।
घाइतेहरुलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्दार गर्ने कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
२७ जेठ २०७९, शुक्रवार ११:४७ बजे प्रकाशित













