कैलाली उद्योग वाणिज्य संघको चुनावमा २ प्यानल भिड्दै
जेठ २८ गते हुन गैरहेको कैलाली उद्योग बाणिज्य संघको नेतृत्वका लागि दुई छुट्टाछुट्टै प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । वर्तमान अध्यक्ष पुष्पराज कुँवरको नेतृत्व र व्यवसायी सुरेन्द्र राठीको नेतृत्वमा दुई छुट्टाछुट्टै प्यानल बनाएर आज मनोनयन दर्ता भएका छ ।
कुँवरको प्यानलमा अधिकांश पुरानै अनुहार दोहरिएका छन् भने राठीको प्यानलबाट धेरै नयाँ अनुहारहरू चुनावी मैदानमा होमिएका छन् । त्यस्तै स्वतन्त्ररूपमा सचिव पदमा जयराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
पुष्पराज कुँवर प्यानलमा
अध्यक्ष – पुष्पराज कुँवर
वरिष्ठ उपाध्यक्ष – पुष्कर राज ओझा
एसोसिएट उपाध्यक्ष – मनोज अग्रवाल
उद्योग उपाध्यक्ष -दिनेश लम्साल
बाणिज्य उपाध्यक्ष – गगनराज केसी
वस्तुगत उपाध्यक्ष -लक्ष्मण पन्त
महासचिव -ओम बिष्ट कोषाध्यक्ष ( भिष्मराज ओझा )
सचिव – सुरेश पाण्डेय सुरेन्द्र
राठी प्यानलमा
अध्यक्ष – सुरेन्द्र राठी
वरिष्ठ उपाध्यक्ष -हरिशंकर ठाकुर
एसोसिएट उपाध्यक्ष – प्रकाशचन्द्र भट्ट
उद्योग उपाध्यक्ष – घनश्याम चौधरी
बाणिज्य उपाध्यक्ष – केशव जोशी
वस्तुगत उपाध्यक्ष (-केशव पाण्डेय
महासचिव ( सिद्धराज पनेरू
कोषाध्यक्ष – रंजन शर्मा
सचिव -महेन्द्रबहादुर सिंह
२२ जेठ २०७९, आइतवार २०:०० बजे प्रकाशित













