punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा एकल महिलालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ

Chaupati
safha napa

दार्चुलामा एकल महिलालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लेकम गाउँपालिका–४ का ४५ वर्षीय हरिसिंह धामी र शैल्यशिखर नगरपालिका–९ बस्कोटका ३३ वर्षीय रमेशसिंह साउद छन्।

शुक्रबार जबरजस्ती करणी गरेको दुई मुद्दा दर्तापछि उनीहरुलाई पक्राउ गरिएको दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए। दुबै जनाले जबरजस्ती करणी गरेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन्।

दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए।


२२ जेठ २०७९, आइतवार १९:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु