punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडी प्रशासनले रातिको समयमा पनि सेवा दिन थाल्यो

Chaupati
safha napa

जिल्ला प्रशासन कार्यालय बैतडीले रातिको समयमा पनि सेवा दिन थालेको छ । सरकारले हप्ताको दुई दिन बिदा दिन थालेसँगै कार्यालयमा सेवाग्राहीको भिड बढ्न थालेपछि सीडीओ कार्यालयले रातिको समयमा पनि सेवा दिन थालेको हो ।

पहिलाको तुलनामा आजभोलि नागरिकता लिनेको निकै भिड बढेकाले रातिसम्म पनि सेवा दिइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

दुई दिन बिदा भएपछि सेवाग्राहीको भीड बढ्दै गएको भारतीको भनाइ छ । उनले भने, ‘टाढा-टाढाबाट सेवाका लागि आउने गरेका छन् । कार्यालय समय सकिए पनि अबेरसम्म पनि सेवा दिन थालेका छौँ ।’

जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने, राष्ट्रिय परिचयपत्र बनाउने, नाबालिग परिचयपत्र बनाउनेदेखि लिएर अन्य सेवाका लागि पुग्नेको भिड बढेपछि रातिको समयमा सेवा दिने गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

सूचना अधिकारी भारतीले भने, ‘सेवाका लागि पुगेका नागरिकले सेवा प्राप्त गरेर मात्रै फर्किउन् भन्ने हाम्रो उद्देश्य हो । जसरी पनि सेवा प्राप्त होस् भनेर कार्यालय समयबाहेक पनि हामीले सेवा दिने गरेका छौँ । कुनै दिन राति १० बजेसम्म सेवा दिइएको छ ।’

जिल्ला प्रशासन कार्यालयमा पछिल्लो समयमा सेवाग्राहीको भिड बढ्दै गएको छ । जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेकाले नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

पुरानो नागरिकता भएमा राष्ट्रिय परिचयपत्रको सफ्टवेयरले नलिने भएकाले नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या पनि बढ्दै गएको छ । जिल्लाका सबै वडामा हाल राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनको काम भइरहेको छ । हाल दैनिक नयाँ नागरिकता र प्रतिलिपि गरेर १५० सेवाग्राही प्रशासन कार्यालय आउने गरेका छन् ।


२१ जेठ २०७९, शनिवार ०७:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु