punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतीय गायक मुसेवालाका हत्यारा खोज्न दिल्ली प्रहरीको विशेष टोली नेपालमा प्रवेश

Chaupati
safha napa

भारतीय प्रहरीको एक विशेष टोली नेपाल आएको छ । पञ्जाबका गायक सिद्धु मुसेवालाका हत्यारा खोज्न दिल्ली प्रहरीको विशेष टोली नेपाल प्रवेश गरेको भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले लेखेको छ ।

आइतबार मुसेवालाको हत्या भएको थियो । उनका हत्यारा नेपाल पसेको सूचनाका आधारमा भारतीय प्रहरी नेपाल आइपुगेको इन्डिया टुडेले लेखेको छ ।

मुसेवालाका हत्यारालाई पक्राउ गर्न भन्दै दिल्ली प्रहरीको विशेष टोली शुक्रबार नेपाल आइपुगेको हो । पञ्जाबका चर्चित गायक मुसेवालामाथि तीन दर्जनभन्दा बढी गोली प्रहार गरिएको थियो । पञ्जाबको राजनीतिमा समेत सक्रिय रहेका मुसेवालाको हत्याका मुख्य योजनाकार भने क्यानडामा छन् ।

क्यानडामा रहेर भारतमा गुण्डागर्दी मच्चाउने गोल्डी ब्रारले मुसेवालालाई आफ्ना मान्छेले मारेको दाबी गरेका छन् । तर, गोली चलाउने हत्यारा भने नेपाल फरार भएको सूचना पाएपछि भारतीय प्रहरीको विशेष टोली नेपाल छिरेको छ ।

यता, नेपाल प्रहरी भने भारतीय विशेष प्रहरी टोली नेपाल आएको आफूलाई जानकारी नभएको बताउँछ । प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले शिलापत्रसँग भने, ‘यस विषयमा हामीलाई कुनै जानकारी छैन ।’

तर, प्रहरी उच्च स्रोतका अनुसार मुसेवालाका हत्यारा नेपाल छिरेको आशंका भएपछि नेपालमा सुरक्षा निगरानी भने बढाइएको छ ।


२० जेठ २०७९, शुक्रवार २०:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु