जहाज दुर्घटना: पोस्टमार्टम सकियो, आज शव बुझाइने

तारा एअरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव आज परिवारलाई हस्तान्तरण गरिने भएको छ । सबै २२ शवको पोष्टमार्टम गर्ने काम सकिएपछि आज परिवारलाई हस्तान्तरण गरिने भएको हो । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट शव परिवारलाई बुझाइनेछ ।

दुर्घटनामा मृत्यु भएकाको शव सोमबार र मंगलबार दुई चरणमा नेपाली सेनाको एमआई-१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १६ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको मृत्यु भएको हो ।


१९ जेठ २०७९, बिहीवार ०९:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु