punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अर्जेन्टिना र इटाली भिड्दै

Chaupati
safha napa

आज राति दक्षिण अमेरिकी टोली अर्जेन्टिना र युरोपियन टोली इटलीबीच खेल हुँदै छ। फाइनलिसिमा भनिने यो खेल युरोपेली च्याम्पियन र कोपा अमेरिकाबीच हुने गर्छ।

खेल नेपाली समयअनुसार राति साढे १२ बजे इंग्ल्याण्डको वेम्बली स्टेडियममा हुनेछ। अर्जेन्टिना गत वर्षको कोपा अमेरिकाको च्याम्पियन हो भने इटालीले युरोकप उचालेको थियो।

युरोपेली फुटबलको सर्वोच्च निकाय (यूइएफए) र दक्षिण अमेरिकी कन्मेबलबीच डिसेम्बर २०२१ मा भएको सम्झौताअनुसार खेल हुन लागेको हो। खेलको निर्धारित ९० मिनेट बराबरीमा सकिए टाइब्रेकरमार्फत खेलको निर्णय हुने बताइएको छ। २९ वर्षपछि यो पुनः हुन लागेको खेल हो।


१८ जेठ २०७९, बुधवार २२:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु