टिमोर लिस्टेसँग खेल्दैछ नेपाल

एएफसी एसियन कप छनोटको तयारीका लागि कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल दोहास्थित ग्राण्ड हमाद स्टेडियमा नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।

एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका अनुसार नेपालले पहिलो मैत्रीपूर्णमा टिमोर लिस्टेसँग खेल्न लागेको हो । नेपालले २० जेठमा ओमानसँग दोस्रो मैत्रीपूर्ण खेल्नेछ ।

तर, दुवै खेल मैत्रीपूर्ण अभ्यास खेलको रुपमा मात्र रहेको छन् किनकि फिफाले यसलाई अन्तराष्ट्रिय मैत्रीपूर्णको मान्यता दिएको छैन ।

नेपाली टोली कतारबाटै छनोट खेलका लागि कुवेत जाने छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छनोटका लागि कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै टोलीको घोषणा गरिसकेका छन् ।

 

 


१४ जेठ २०७९, शनिवार १४:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु