चितुवाको आक्रमणबाट ७ वर्षीय बालकको मृत्यु
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-४, वाङलामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । गुल्मी घर भई सन्धिखर्कस्थित मामाघर बस्ने ७ वर्षीय सम्राट नेपालीको चितुवाको आक्रमणमा परी मृत्यु भएको हो ।
वाङलाको अमलडाँडाको स्कुल गएर फर्किएपछि खाजा खाएर खेल्न गएका बेला बालकलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाले घरभन्दा करिब १ किलोमिटरको दूरीमा बायाँतर्फको साप्राको पुरै भाग खाएको अवस्थामा बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी अम्मर थापाले जानकारी दिए ।
१३ जेठ २०७९, शुक्रवार ०९:४७ बजे प्रकाशित













