पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन प्रचण्ड-माधवको आग्रह

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सरकारलाई आग्रह गरेका छन् ।

सत्ता गठबन्धनमा रहेका दलका विद्यार्थी संगठनहरूसँगको भेटपछि नेताद्वयले सरकारलाई यस्तो आग्रह गरेका हुन् ।

विद्यार्थी नेताहरूसँगको भेटपछि प्रचण्ड र माधवले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग टेलिफोन वार्ता गरी कर घटाउन आग्रह गरेका एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।

 


११ जेठ २०७९, बुधवार २१:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु