हमालको सपथ १० बजे

धनगढी उपमहनगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालको सपथ ग्रहण कार्यक्रम अहिले बिहान १० बजे हुने भएको छ ।

हमालको सचिवालयले दिएको जानकारी अनुसार मुख्य निर्वाचन अधिकृत तथा कैलालीका न्यायाधीश जयनन्द पनेरुले जिल्ला अदालतमा १० बजे सपथ गराउने तयारी रहेको छ ।

सपथ ग्रहण लगत्तै हमालले उपमहानगरपालिकामा गएर पदभार ग्रहण गर्नेछन्।
लगत्तै आयोजना गरिने समारोहमा मेयर हमालले उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शपथ गराउने तयारी रहेको छ ।

उपमहानगरका सबै जनप्रतिनिधिको सपथ लगत्तै पहिलो बैठक बस्नेछ। पहिलो बैठकले केही महत्वपुर्ण निर्णय गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ।


९ जेठ २०७९, सोमवार ०८:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु