उम्मेदवारले चुनाव हारेपछि एमालेका ६ नेताले दिए राजीनामा
पोखरा महानगरपालिकाको चुनावमा वडाध्यक्षका उम्मेदवारले चुनाव हारेपछि नेकपा एमालेको वडा तहका ६ नेताले पदबाट राजीनामा दिएका छन् ।
पोखरा २४ का पार्टी वडा कमिटी उपाध्यक्ष र पाँच सदस्यले अध्यक्षलाई शनिबार सामूहिक राजीनामा बुझाएका हुन् । वडा कमिटी उपाध्यक्ष उत्तम गिरी, वडा कमिटि सदस्यहरु थमन गिरी, बल बहादुर थापा, पार्वती गिरी , पवित्रा गिरी र दिपक पुरीले राजीनामा दिएका हुन् ।
वडाध्यक्ष पदका उम्मेदवारलाई जिताउन नसकेकाले नैतिकताको आधारमा राजीनामा दिएको उनीहरूले बताएका छन् ।
८ जेठ २०७९, आइतवार ०९:५६ बजे प्रकाशित












