इन्डियन प्रिमियर लिग: मुम्बईले दिल्लीलाई हरायो
इन्डियन प्रिमियर लिग(आईपीएल) को समूह चरणबाटै बाहिरिसकेको मुम्बई इन्डियन्सले शीर्ष चारमा स्थानको लागि संघर्ष गरिरहेको दिल्ली क्यापिटललाई हराएको छ। वांखडे रंगशालामा सम्पन्न खेलमा दिल्ली क्यापिटललाई मुम्बईले ५ विकेटले हाएको हो।
पहिले ब्याटिङ गरेको दिल्लीले पुरा ओभर खेल्दै सात विकेट गुमाएर १५९ रन बनाएको थियो। जवाफमा मुम्बईले पाँच बल बाँकी रहँदै पाँच विकेट गुमाएर १६० रनको लक्ष्य पुरा गरेको थियो।
मुम्बईका लागि ओपनर इशान किसनले ४८ रन बनाए भने डेबल्ड ब्रेविसले ३७ रनको योगदान दिए। टिम साउथीले पनि ३४ रन बनाए। त्यस्तै, दिल्लीका एनरिच नोर्किया र सर्दुल ठाकुरले समान २,२ विकेट गिराएका थिए।
पहिलो पारीमा दिल्लीका रोभमन पावेलले सर्वाधिक ४३ रन बनाए। त्यो पारीमा मुम्बईका जसप्रित बुमराहले सर्वाधिक तीन विकेट गिराएका थिए भने रमनदिप सिंहलले दुई विकेट लिएका थिए। आज सनराइजर्स हैदराबादले पंजाब किंग्सको सामना गर्दैछ।
८ जेठ २०७९, आइतवार १०:१६ बजे प्रकाशित












