धनगढी मेयरमा स्वतन्त्र उम्मेदवार हमाल, उपमेयरमा एमालेकी राना विजयी

सुदूरपश्चिको एक मात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । उपमेयरमा नेकपा एमालेकी कन्दकला राना विजयी भएकी छन् ।
आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार स्वतन्त्र उम्मेदवार हमालले गठबन्धन कांग्रेसका नृपबहादुर वडलाई भारी मतान्तरले पराजित गरेका हुन् ।

जम्मा ६३ हजार ६४३ मतगणना हुँदा हमालले २६ हजार ८६५ मत सहित बिजयी भएका हुन् । यस्तै उनलाई पछ्याइरहेको वडले १४ हजार ८१७ मत पाएका छन् । एकालेका रण बहादुर चन्द ९ हजार ११५ मत पाएर तेस्रो भएका छन् ।

एमालेकी रानाले १५हजार ४७९ मत ल्याउदै गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई हराएकी छन् । अधिकारीले १२६७० मत पाएकी छन् भने स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६६०९ मत पाएका छन् ।

 


८ जेठ २०७९, आइतवार ०९:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु