धनगढीमा हमालको अग्रता कायमै, १४ हजार ७३६ मत गन्दा कसको कति ?
कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तर बनाएका छन्। शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म १४ हजार ७३६ गणना भएको छ। जसमा हमालले ६ हजार ५९६ मत पाएका छन्।
यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ३५४ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ६७४ मत पाएका छन्। हमाल र वडबीच ३ हजार २४२ मतको अन्तर रहेको छ।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार ९४०, एमालेकी कन्दकला रानाले २ हजार ८४५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६४७ मत पाएका छन्।
३ जेठ २०७९, मंगलवार ०८:०० बजे प्रकाशित












