बाजुरामा म्यादी प्रहरीमाथि खुकुरी प्रहार

बाजुरा सदरमुकाम मार्तडीमा आइतबार राति म्यादी प्रहरी बुढी गंगा ४ का २० वर्षीय पुष्प कटुवालमाथि खकुरी प्रहार भएको छ । उनको टाउकोमा चोट लागेको छ । कटुवालसँगै म्यादी प्रहरीहरु हर्क सुनार र सुनिल थापापनि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खुकुरी प्रहारमा संलग्न रहेको आरोपमा बडिमालिका नगरपालिका २ का नरेन्द्र नाथ र लोकन्द्र कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गिन्द्र बोगटीका अनुसार खुकुरीसमेत बरामद गरिएको छ । मार्तडीमा आइतबार राति एमाले र कांग्रेस कार्याकर्ताहरुको झडप तथा ढुंगा हानाहान भएको थियो ।


२ जेठ २०७९, सोमवार ०९:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु