शैल्यशिखरको मेयर र उपमेयरमा एमाले विजयी

दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ। शैल्यशिखरको मेयरमा एमालेका विजय सिंह धामी र उपमेयरमा पनि एमालेकै शान्ति खडायत निर्वाचित भएका हुन्।

धामीले ४ हजार ५ सय ४४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अमरसिंह धामीले ३ हजार ९ सय ८ मत मात्रै पाएका छन्।

यसैगरी, उपमेयरमा एमालेकी खडायतले ४ हजार ६ सय ३५ मत पाउँदा कांग्रेसकी राजमति बमले ३ हजार ८ सय ५० मत मात्रै प्राप्त गरेकी छन्।


२ जेठ २०७९, सोमवार ०८:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु