धनगढी उपमहानगर–१९ वडामा पनि स्वतन्त्रकै अग्रता

कैलालीको धनगढी उपमहानगरअन्तर्गत वडानम्बर १९ को मत गणना सुरु भएको छ । आइतबार बिहानबाट सुरु भएको १९ को मतगणनामा पनि मेयरका स्वतन्त्र उम्मेदवार नै अघि लागेका छन् । उपमहानगरमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल र काँग्रेसका नृप वडबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।

१९ नम्बर वडामा एकसय मत गन्दा स्वतन्त्र ३३, नकेपा एमाले २९ र काँग्रेसको मेयर उम्मेदवारको पक्षमा २२ मत परेको छ । वडातर्फ भने एमालेका वडाध्यक्ष उम्मेदवारले अग्रता लिएका छन् ।

वडाध्यक्षमा एमाले ३२ र स्वतन्त्रले २८ मत पाएका छन् । यसअघि यो उपमहानगरमा वडानम्बर १ को मत गणना भएको थियो ।


१ जेठ २०७९, आइतवार १२:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु