माओवादी नेतृ विना मगरले गरिन् मतदान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी तथा माओवादी नेतृ विना मगरले मतदान गरेकी छन् ।

कञ्चनपुरको पुर्नबास नगरपालिका ३ स्थित गोर्खा आधारभूत मतदान केन्द्रमा गएर मतदान गरेकी हुन् ।

पुर्नबास नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयरमा जीवन थापा मेयरमा उम्मेदवार बनेका छन् । उपमेयरमा समाजवादीका धोकेर राना उम्मेदवार बनेका छन् ।

विना आफ्नो गृह नगर पुर्नबासमा स्थानीय तह निर्वाचनका लागि समयदेखि प्रचार प्रसार अभियानमा सक्रिय थिइन् । उनीहरूको चुनावी प्रचार प्रसार अभियानमा उनी सक्रिय भएर लागेकी थिइन् ।


३० वैशाख २०७९, शुक्रवार १३:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु