आईपीएलमा दिल्लीसँग २१ रनले हैदराबाद पराजित
आईपीएल २०२२ को ५० औँ म्याचमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई २१ रनले पराजित गरेको छ । हैदराबासामु २ सय ८ रनको विशाल चुनौती थियो । तर, उसले ८ विकेट गुमाउँदा केवल १ सय ८६ रन बनाउन सक्यो र म्याच हार्यो ।
निकोलस पुरनले सबैभन्दा बढी ६२ रन बनाए । दिल्लीको जितमा खलील अहमदले ३ विकेट लिए ।
जारी टुर्नामेन्टमा हैदराबादको यो लगातार तेस्रो हार हो । हैदराबादले अहिलेसम्म १० म्याच खेलेको छ । यीमध्ये पाँचमा जित र पाँचमा हारको सामना गरेको छ । १० म्याच खेलेको दिल्लीको यो पाँचौ जित हो । रिसभ पन्तको टिम दिल्लीले पनि पाँच म्याच हारिसकेको छ ।
यसअघि टस जितेर ब्याटिङ गर्दै दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रनको स्कोर बनायो । डेभिड वार्नरले सबैभन्दा बढी अविजित ९२ रन बनाए । यसैगरी रोवम्यान पवेल ६७ को स्कोरमा नटआउट फर्के । हैदराबादका लागि भवनेश्वर कुमार, सान एबट र श्रेयस गोपालले १(१ विकेट लिए ।
२३ वैशाख २०७९, शुक्रवार ०८:२४ बजे प्रकाशित












