punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रसिद्ध घटाल जात्रा आज

Chaupati
safha napa

डडेल्धुराको प्रसिद्ध घटाल देवताको जात्रा (मेला) आज मनाइने भएको छ । अमरगढी नगरपालिका–३ मा पर्ने सुदूरपश्चिमकै प्रसिद्ध देवता घटालको जात्रा दुई वर्षपछि यस वर्ष मनाइँदै गरेको घटाल देवताका मुख्य धामी तिलकसिंह विष्टले बताए ।

कोराना महामारीका कारण दुई वर्षदेखि लाग्न नसकेको जात्रा यस वर्ष मनाउन लागिएको उनले जानकारी दिए । समाजमा अशान्ति बढेमा वा खडेरी परेमा घटाल बाबाले मनोकामना पूरा गर्ने गरेको जनविश्वास छ ।

घटाल देवताको जात्राका दिन सबैका अगाडि धामीले बालुवा र पानी खाई भाग दिने गरेको शक्तिशाली देवताको महिमा अनौठो प्रकारको रहेको बताइन्छ । अरु वर्ष हजारौँको सङ्ख्यामा विभिन्न क्षेत्रबाट घटाल जात्रा हेर्ने र पूजा गर्नेकोे घुइँचो लाग्ने गरेको भए पनि गत वर्ष सीमित व्यक्तिबाट परम्परामात्रै जोगाइएको थियो । यस वर्ष भने मेला भर्न सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट भक्तजन आउने उनले बताए ।

विगतका दुई वर्ष कोरोना भाइरसका कारण मुलुकभर भएको लकडाउनका कारण भीडभाड गर्न उपयुक्त नहुने हुँदा विभिन्न कारिन्दासँगको समन्वयमा सीमित व्यक्तिबाट घटाल जात्राको पराम्परामात्रै जोगाइएको भए पनि यस वर्ष विधिवतरूपमा मनाइने अमरगढी–३ का वडाध्यक्ष गोविन्दराज बोहराले जानकारी दिए ।

घटाल देवतालाई डोट्याली राजा नागी मल्लकी सातौँ रानीले माइतबाट दाइजो मागेर ल्याएको किंवदन्ती छ । घटाल जात्राका लागि विभिन्न गाउँमा स्थानीयवासीको आ–आफ्नै रीत छ । चम्सालका बोहराको कलश, सिंहासन र निशान हुने तथा भगवती मरकट्टे गाउँका महरले डोली बोक्ने, मड्का साँदले छडी बोक्ने र हटिगाउँका दलितले दमाहा बजाउने चलन छ ।

 


२ वैशाख २०७९, शुक्रवार १७:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु