धनगढीमा नेकपा एमालेको सुदूरपश्चिम प्रदेश स्तरीय चुनावी रणनीतिक भेला सुरु

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश स्तरीय स्थानीय तह निर्वाचन केन्द्रीत चुनावी प्रचार रणनीतिक भेला सुरु भएको छ ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटिको आयोजना तथा प्रेस चौतारी नेपालको संयोजनमा धनगढीको रिद्वीसिद्वी पार्टी प्यालेसमा रणनीतिक भेला सुरु भएको हो ।

भेलालाई नेकपा एमालेका केन्द्रीय उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङ, केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारी, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

भेलाले अगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीत रणनीति तय गर्ने बताइएको छ ।


२१ चैत २०७८, सोमवार ११:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु