बढ्यो सुनको भाउ, चाँदीको स्थिर

सोमबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आइतबारको तुलनामा प्रतितोला ३ सय रुपैयाँले बढेको हो।

यससँगै छापालवाल सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९९ हजार पुगेको छ।

चाँदी भने सोमबार स्थिर देखिएको छ। महासंघका अनुसार चाँदी प्रतितोला १३७५ रुपैयाँमा कारोबार भइरहेको छ।


७ चैत २०७८, सोमवार १४:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु