Churya gapa
Churya gaupalika
Churya

थप ५१ जनामा कारोना सक्रमण पुष्टि, ३९२ जना कोरोनामुक्त

देशभर पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी पाँच हजार नौ सय १४ जनाको नमुना परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा तीन सय ९२ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यही अवधिमा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन । अब नेपालमा तीन हजार नौ सय ९६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच २४ घण्टामा २९ हजार तीन सय ९० जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


४ चैत २०७८, शुक्रवार १८:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु