धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको निधन

धादिङका अग्रज पत्रकार राजेन्द्रप्रताप शाहको निधन भएको छ । बुधबार साँझ छोरीलाई होस्टलमा लिन जाने क्रममा प्रेसर लो भएर बाटोमै ढलेका शाहको उपचारको क्रममा काठमाडौंको अल्का अस्पतालमा  निधन भएको हो ।

२०३८ सालदेखि पत्रकारितामा पाइला चालेका शाह नेपाल पत्रकार महासंघ धादिङ शाखाका संस्थापक सचिव र पूर्वअध्यक्ष पनि हुन् ।

पत्रकारिता, साहित्य र राजनीतिमा एकै साथ सक्रिय रहँदै आएका शाहले २०५४–२०५५ सालमा रेडियो नेपालबाट गाउँघर कार्यक्रम सञ्चालन गरेका थिए भने धादिङ फर्किएर हिमालय टाइम्स, स्पेशटाइम, गोरखापत्र, कान्तिपुर दैनिकको समाचारदाता, गणेश हिमाल साप्ताहिकको कार्यकारी सम्पादक, मंगलप्रभात किरण साप्ताहिकको प्रधानसम्पादकको जिम्मेवारी समेत सम्हालेका थिए ।

उनले २०३८ देखि २०४१ सम्म काठमाडौंमा रहेर जन्मभूमि योजना साप्ताहिकमा विभिन्न जिम्मेवारीमा रही काम गरेका थिए । २०४६ सालपछि घटना र विचार साप्ताहिकको सम्पादक मण्डलको जिम्मेवारी सम्हालेका थिए ।


३ चैत २०७८, बिहीवार ११:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु