बैतडीमा माथीबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु

बैतडीमा माथीबाट खसेको ढुंगा लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका–१ झलेका अन्दाजी ३७ वर्षीय गणेश बोहराको मृत्यु भएको हो।

काठ चिरानीका लागि जंगलमा गएका बेला माथिबाट खसेको ढुंगा लागेर उनको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।


३ चैत २०७८, बिहीवार ११:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु